अर्थ

घुन्सा खोलामा एनएमबिले लगानी गर्ने

एनएमबि बैंक लिमिटेड र रेमिट हाइड्रो लिमिटेडबीच ७७.५ मेगावाट क्षमताको जलविद्युत् आयोजनामा लगानी गर्नेसम्बन्धी समझदारी भएको छ ।  

जनताको जलविद्युत् कार्यक्रममा समावेश भएको ताप्लेजुंगको घुन्सा खोला जलविद्युत् आयोजना रेमिट हाइड्रो लिमिटेडद्वारा प्रवद्र्घित आयोजना हो। 

घुन्सा खोला जलविद्युत् आयोजनाको कुल लागत १८ अर्ब २५ करोड रहने जानकारी गराइएको छ। एनएमबि बैंकले हालसम्म ४६ वटा जलविद्युत् आयोजनामा लगानी गरिसकेको छ ।

प्रकाशित: ५ फाल्गुन २०७८ ०३:०१ बिहीबार

एनएमबि बैंक लिमिटेड