अर्थ

महालक्ष्मी बैंकमा बचतवृद्धि खाता

महालक्ष्मी विकास बैंकले महालक्ष्मी बचतवृद्धि खाता सार्वजनिक गरेको छ। ५१ रूपैयाँमै खोल्न मिल्ने ‘महालक्ष्मी बचतवृद्धि खाता’मा दैनिक मौज्दातमा ८.५५ प्रतिशत ब्याज गणना गरी मासिक रूपमा भुक्तानी गरिने बैंकले जनाएको छ।

यस योजनाअन्तर्गत खाता खोलेका ग्राहकको ५ लाखको दुर्घटना मृत्यु बिमा गरिएको बैंकको विज्ञप्तिमा उल्लेख छ। यस बचत योजनाअन्तर्गत खाता खोलेका ग्राहकले निःशुल्क अन्तरशाखा कारोबार, निःशुल्क मोबाइल बैंकिङ सुविधा, निःशुल्क अनलाइन बैंकिङ सुविधा, निःशुल्क भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५० प्रतितश छुट, निःशुल्क मेरो सेयर सी–आस्बा तथा निःशुल्क डिम्याट खाता जस्ता आकर्षक सुविधा प्राप्त गर्ने बैंकले जनाएको छ।हाल बैंकले १ सय ३ शाखामार्फत सेवा दिइरहेको छ।

प्रकाशित: ५ फाल्गुन २०७८ ००:५४ बिहीबार

महालक्ष्मी विकास बैंक महालक्ष्मी बचतवृद्धि खाता सार्वजनिक निःशुल्क मोबाइल बैंकिङ सुविधा