अर्थ

नेपाल लाइफको नयाँ योजना

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना सार्वजनिक गरेको छ। यो योजनाले न्यून लगानीमा अधिक जोखिम बहन गर्ने र गरेको लगानीको पनि सुनिश्चतता दिने कम्पनीको भनाइ छ। न्यून लगानीमा अधिक जोखिम बहन हुनुको साथै लगानीको सुनिश्चितता हुनु यो योजनाको मुख्य विशेषता हो।

‘नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना मुनाफामा सरिक नहुने म्यादी जीवन बिमा योजना हो,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ, ‘१८ वर्षदेखि ६० वर्ष उमेर समुहका व्यक्ति यो जीवन योजनामा सामेल हुन सक्नेछन्।’ न्यूनतम ५ वर्षदेखि अधिकतम २५ वर्र्षसम्मको बिमा अवधि लिन सकिने आइइन्स्योर जीवन बिमामा बिमा समाप्ति अधिकतम उमेर भने ६५ वर्ष कायम गरिएको छ।

आफ्नो आम्दानी वा सुविधाका आधारमा वार्षिक, अर्धवार्षिक, त्रैमासिक, मासिक र एकमुष्ठ तरिकाले बिमाशुल्क भुक्तानी गर्न सकिने तथा न्यूनतम बिमांक रकम एक लाखदेखि अधिकतम एक करोडसम्मको बिमा गर्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: ४ फाल्गुन २०७८ ०२:५५ बुधबार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड