अर्थ

एक करोड ६० लाख रुपैयाँं रकमान्तर

भक्तपुर नगरपालिकाको नगरसभा बैठकले एक करोड ६० लाख रुपैयाँं रकमान्तर गरेको छ। नगर प्रमुख एवम् नगरसभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा आज बसेको सभा बैठकले आ.व. २०७८/७९ को बजेट रकमान्तरण प्रस्ताव सर्वसम्मतिले पारित गर्‍यो। आ.व. २०७८/७९ को बजेटको पुँजीगततर्फ विभिन्न ६ वटा शीर्षकमा १ करोड २५ लाख रुपैयाँ र चालुतर्फ विभिन्न ४ वटा शीर्षकमा ३५ लाख रुपैयाँ रकमान्तरण गरिएको छ।

बैठकमा भक्तपुर नपाबाट गठित खानेपानी समितिका संयोजक महेन्द्र खायमली, युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, कृषि समिति र बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोरा, महिला, बालबालिका तथा समाज कल्याण समितिका संयोजक रोशनमैंयाँ सुवाल, सूचीकरण समितिका सदस्य हरिराम सुवाल र निर्माण समितिका संयोजक उकेश कवांले सम्बन्धित समितिहरुको अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे। सभाको अर्को बैठक फागुन ५ गते दिनको १ बजे बस्ने गरी स्थगित भएको छ।

प्रकाशित: ३ फाल्गुन २०७८ ११:४७ मंगलबार

भक्तपुर नगरपालिकाको नगरसभा बैठक रकमान्तर