अर्थ

मकै रोप्ने समयमा रासायनिक मलको अभाव हुने छैन: बसुन्धरा हुमागाईँ

बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री बसुन्धरा हुमागाईँले सबै पक्षको सहयोग भएमा स्वदेशमै रासायनिक मल मल उत्पादन गर्न सकिने बताएका छन्। 

मण्डनदेउपुर नगरपालिका–१० स्थित चण्डेनीमण्डन पशु बिमा सहकारी संस्थाको १९औँ साधारणसभा तथा भवन उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले सरकारले मकै रोप्ने समयमा मलको अभाव हुन नदिनेसमेत दाबी गरेका थिए।

मन्त्री हुमागाईँले सबैखाले बिमा गर्न जनचेतनाको आवश्यकता औँल्याउँदै खोरेत रोग अन्त्यको कार्यक्रम, विज्ञहरुको सुझावमा कृषि ऐन निर्माण, किसानलाई कार्ड वितरण, सहुलियत ऋण कार्यविधि निर्माणलगायतका विषयमा प्रदेश सरकारले प्राथमिकताका साथ काम सुरु गरेको जानकारी दिएका थिए।

प्रकाशित: १ फाल्गुन २०७८ ०२:०२ आइतबार

बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री बसुन्धरा हुमागाईँ चण्डेनीमण्डन पशु बिमा सहकारी संस्था मण्डनदेउपुर नगरपालिका