अर्थ

पाँच सयले बढ्यो आज सुनको मूल्य, कारोबार कतिमा?

आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेर ९३ हजार ९०० रुपैयाँ पुगेको छ। बुधबार छापावाल सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य आज प्रतितोला ९३ हजार ४०० रुपैयाँ छ, जसको मूल्य अघिल्लो दिन ९२ हजार ९०० रुपैयाँ थियो।

यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार २८० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८३३ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित: २७ माघ २०७८ ०६:१० बिहीबार

। नेपाल सुनचाँदी व्यवसायी महासंघ