अर्थ

जावा मोटरसाइकलको फ्रि सर्भिसिङ योजना

नेपालका लागि क्लासिक लिजेन्ड्सको एक मात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्निमोटो इंक प्रालि अन्तर्गत जावा मोटरसाइकलले अब फोर्टी–टु, जावा र पेराकको बिएस–सिक्स मोडलमा पाँच वर्षसम्म फ्रि सर्भिसिङ सुविधा प्रदान गर्ने भएको छ।

जावा मोटरसाइकलप्रेमीले काठमाडौं, बिर्तामोड, धरान, इटहरी, विराटनगर, लाहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज, वीरगञ्ज, सुर्खेत, दाङ, बाग्लुङ र धनगढीका विभिन्न शाखा र डिलरबाट यी मोडलका जावा बाइकमा फ्रि सो सुविधा लिन सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २७ माघ २०७८ ०२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App