अर्थ

ललितपुरको सुबानेमा सिटिजन्स बैंक

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ललितपुरको बाग्मती गाउँपालिका, सुबानेमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।

सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी मन्दिरा न्यौपानेलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ।

उक्त शाखारहित एकाइबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा उपलब्ध हुने बताइएको छ।

प्रकाशित: २५ माघ २०७८ ०२:०५ मंगलबार