अर्थ

हुन्डाईले ४० ठाउँमा चार्जिङ स्टेसन खोल्यो

नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले इलेक्ट्रिक भेहिकलको चार्जिङ स्टेसन व्यापक विस्तार गर्ने भएको छ।

कम्पनीले नेपालको सबै स्थानलाई समेट्ने गरी अहिलेसम्म देशका विभिन्न ४० स्थानमा चार्जिङ स्टेसन स्थापना गरिसकेको छ।

कम्पनीले बिक्री गर्ने विद्युतीय कारको बढ्दो मागसँगै लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय सवारी साधनको लागि आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिता दिएर काम गरिरहेको छ।

हुन्डाईको इलेक्ट्रिक गाडी चढ्ने ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्न र लामो दुरीको यात्रा पनि विद्युतीय बाहनमा गर्न सक्ने बनाउन देशका विभिन्न स्थानमा चार्जिङ स्टेसनहरू स्थापना गर्दै आएको कम्पनीले जनाएको छ।

नेपालको सबै राजमार्ग र स्थानीय रुटमा पेट्रोल पम्पको एथेस्ट उपलब्धता भए तापनि इभी चार्जिङ पोइन्ट नभएकोले नै कम्पनीले क्रमिक रूपमा चार्जिङ नेटवर्क विस्तार गर्दै गएको हो।

हुन्डाईले स्थापना गरेका यी नयाँ चार्जिङ स्टेसनले चालकहरूलाई ढुक्क भएर यात्रा गर्न सहयोग पुग्ने विश्वास लिएको छ। हुन्डाईका चार्जिङ स्टेसनहरूमा मोबाइल फोन चार्ज गरे जतिकै सजिलोसँग गाडी चार्ज गर्न सकिन्छ। हुन्डाईले पहिलो चरणको ४० चार्जिङ स्टेसन निर्माण सकेकोले निकट भविष्यमै अरू नयाँ स्थानमा पनि चार्जिङ स्टेसन विस्तार गर्ने लक्ष्य लिएको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टलको अहिले देशका प्रमुख सहरहरूमा १२ वटा डिलर तथा १८ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा दिइरहेको छ। हुन्डाई मोटर्स विश्वको टप ५ अटोमोबाइल उत्पादकमध्ये पर्छ।

प्रकाशित: २३ माघ २०७८ ०३:२७ आइतबार

हुन्डाई चार्जिङ स्टेसन अटोमोबाइल उत्पादक