अर्थ

घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घटेर ९२ हजार ५ सयमा आएको छ। पहेँलो सुन अधिल्लो दिन प्रतितोला ९२ हजार ७ सयमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार कायम भएको छ। जसको मूल्य बिहीबार प्रतितोला ९२ हजार २ सय तोकिएको थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर एक हजार २सय ५५ कायम भएको महासङ्घले जनाएको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०६ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित: २१ माघ २०७८ ०७:०९ शुक्रबार

सुनचाँदी बजार नेपाल सुनचाँदी व्यवसायी महासङ्घ