अर्थ

सडक विस्तारको काम छिटो सक्न उद्योगी व्यवसायीको माग

महिनौ अघि भत्काएर असरल्ल छोडीएको बुटवल राजमार्ग चौराह–गोलपार्क ६ लेन सडक निर्माणको कार्यलाइ गती दिन बुटवलका उद्योगी व्यवसायीले माग गरेका छन्। सडक विस्तारको काममा ढिलासुस्ती भएको भन्दै बिहीबार बुटवल उद्योग वाणिज्य संघको टोलीसडक डिभिजन कार्यालयमा डेलिगेसन गएको हो। निर्माणमा ढिलाई हुँदा मुख्य राजमार्ग आसपासको व्यापार व्यवसाय प्रभावित भएकोर सवारी आवागमन  मा समस्या भएको भन्दै काम छिटो सक्न माग गरीएको हो।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, महासचिव बिमलराज भट्टराई, कार्यकारी निर्देशक मदनकुमार कार्की लगायतको टोलीले सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीलाई ध्यानाकर्षण गराएका छन्। संघका अध्यक्ष कसजुले अस्तव्यस्त सडकका कारण बुटवलको व्यापार व्यवसाय प्रत्यक्ष असर पर्नुका साथै सवारी दुर्घटना बढेको,नगरबासीको स्वास्थ्य नै जोखीमा परेको र नगर कुरुप हुँदै गएको बताए। सडक निर्माणको जिम्मा पाएको ठेक्केदार कम्पनीले ठेक्का सम्झौता अनुरुप काम अगाडी बढाउनु पर्ने र त्यसकालागि सडक डिभिजन कार्यालयको विशेष ध्यान जानु पर्नेमा कसजुले जोड दिए।

सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले ठेक्केदार कम्पनीले विचमा काम रोकेका कारण आशातित प्रगति नदेखिएको स्वीकार गरे। पटक पटक ताकेता गरेपछि पछिल्लो समय तुलनात्मक रुपमा कामले गति लिएको उनको तर्क थियो। ‘निर्माणको काम रोकीनु हुँदैन, समयमै सक्नु पर्छ भनेर आवश्यकता अनुसार भुक्तानी पनि गरिरहेका छौं र अव सोही अनुरुप काम अगाडी बढ्ने छ भन्ने आशा लिएका छौ’ मरासीनीले भने। हिलो र धुलोको समस्या समाधानको लागि विचको भाग छिट्टै पिच गरी सवारी आवागमनलाइ सहज बनाइने मरासीनीले बताए।

बुटवल शहरको बिचमा  पर्ने बुटवल–गोलपार्क खण्ड स्तरोन्नति बर्षौ देखि अलपत्र छ। पुर्वपश्चिम राजमार्ग र  सिद्धार्थराजमार्ग दुवैमा पर्ने यो सडक हुँदै दैनिक हजारौं सवारी साधनहरु ओहोरदोहोर गर्छन्। त्यही सडक भत्काएर असरल्ल छोडीएको छ। बिचका खाल्डा खुल्डी र किनारमा थुपारीएका निर्माण सामाग्रीले दुर्घटनाको जोखीम बढाइरहेको छ। लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार यो खण्डमा सडककै दुरावस्थाका कारण दैनिक साना ठुला ८/१० वटा सवारी दुर्घटना हुने गर्छन्।

लथालिङ्ग सडक र धुलोले बुटवलको व्यापार व्यवसाय मात्रै हैन नगरबासीको स्वास्थ्य समेत जोखीममा परीरहेको बताउँछन् बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा नगरबासी दिनेशप्रसाद श्रेष्ठ। लुम्बिनी प्रदेशको अस्थायी मुकाम रहेको बुटवलको बजार क्षेत्रमै सडकको यस्तो दुर्गतिले प्रदेशको विकास निर्माणलाइ गिज्याइरहेकोसंघका महासचिव तथा स्थानीय बिमलराज भट्टराईले बताए।

बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजना अन्तरगत बुटवल राजमार्ग चौराहदेखि गोलपार्क चिढीयाखोला सम्मको सडक निर्माणको ठेक्का द कञ्चनजंगा बिरुवा जेभी काठमाडौंले पाएको हो। २०७४ चैत ३० गते सडक निर्माणको ठेक्का सझौता गरेको निर्माण कम्पनीले साढे ३ किलोमिटर सडक २०७६ असोज १२ गते सम्पन्न गर्नुपर्ने थियो। तरसडकको क्षेत्राधिकार भित्र घर निर्माण गरेका स्थानीयले पटक–पटक अदालतमा मुद्दा दायर गरेर निर्माण कार्य अघि बढ्न दिएनन्। करिब ४ बर्ष स्थानीयका कारण अलपत्र परेको सडकमा कानुनी अड्चन हटेपछि ठेक्केदारको लापरवाही सुरु भएको हो।

गत वर्षको माघमा अदालतले सडककै पक्षका फैसला सुनाएको थियो। त्यसपछि पनि निर्माण कम्पनीले बिभिन्न बहानामा कामलाइ गती दिएको छैन। ठेक्केदारले लामो समयदेखि सडकको दुइतर्फको नाली निर्माणको छिटपुट काम मात्र गरेको छ। ठेक्केदारको ढिलासुस्तीकै कारण तेस्रो पटक २०७९ साल असार ३२ गते निर्माण सम्पन्न गर्ने गरी थप गरीएको म्यादमा पनि काम नसकीने देखिएको छ। लथालिङ्ग सडककै कारण यात्रु र बुटवल नगरबासीले सास्ती खेप्नु परेको छ। यो सडक ४७ करोड २७ लाख ८ हजारमा लागतमा ठेक्का सम्झौता गरीएको हो। सडक विस्तार आयोजनाका प्रमुख मरासिनीले निर्माण कम्पनीलालाइ छिटो काम सक्न ताकेता  गरीरहेको बताए।

प्रकाशित: २१ माघ २०७८ ०४:२१ शुक्रबार