अर्थ

विनोद मानन्धर टिभिएसको बम्पर विजेता

दसैं, तिहार र छठका अवसरमा टिभिएसले ल्याएको टिभिएस ६ प्राइजको सरप्राइज योजनाको बम्पर विजेता विनोद मानन्धर बनेका छन्। उनले प्रोटोन सागा कार उपहार पाएको कम्पनीले जनाएको छ।

भक्तपुर सल्लाघारीका मानन्धरले टिभिएस एनटर्क आर्टी–एफआई किनेका थिए। योजनाअन्तर्गत हरेक हप्ता १०० प्रतिशत क्यासबाक जित्नेहरूमा सकिन धोबी, रवीन्द्र दंगौरा, प्रज्ञा केसी, कुमार कार्की, राजकुमार खरेल, सरस्वती चन्द, कृष्णप्रसाद भट्टराई र केशवकुमार रावल रहेको कम्पनीले जनाएको छ। खड्गी माया आङदेम्बे र विना नेम्बाङले आरआर३१० जितेको टिभिएसको अधिकृत वितरक जगदम्बा मोटर्स प्रालिले जनाएको छ।

प्रकाशित: १८ माघ २०७८ ०४:३३ मंगलबार

टिभिएस