अर्थ

सेवा र क्षमता बढाउँदै श्री एयरलाइन्स

फाइल तस्बिर

निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ। श्रीले ८० सिट क्षमताको क्यू४००–८ जहाज थपेको हो।

योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन्। श्री एयरलाइन्सले एक महिना अघि मात्रै एक जहाज भित्र्याएको थियो। कम्पनीले एक महिनाभित्रै दुई जहाज थपेको हो।

श्री एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरले थप नयाँ जहाज शुक्रबार राति काठमाडौँ विमानस्थलमा अवतरण गरेको जानकारी दिए। क्यानेडियन कम्पनीको उक्त जहाजमा दुई इन्जिन छन्। उक्त जहाज अष्ट्रियाबाट भारत हुँदै काठमाडौँ आइपुगेको कम्पनीले जनाएको छ।

श्रीले यसअघि आन्तरिक उडानमा ड्यास क्यू ४०० जहाज दुई वटा तथा सीआजे २०० ९५० सिटे० दुई थान र सीआरजे ७०० ९७० सिटे० दुई थान जहाज मार्फत उडान सेवा सञ्चालन गर्दै आएको छ। थपिएका जहाज मार्फत कम्पनीले उडान गन्तव्य विस्तार गर्ने योजना बनाएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति प्राप्त गरेपछि सुर्खेत र तुम्लिङटार गन्तब्यमा उडान गरिने श्री एयरलाइन्सका प्रबन्धक मानन्धरले जानकारी दिए।

प्रकाशित: १५ माघ २०७८ ०५:५२ शनिबार

निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्स