मेगा क्यापिटल मार्केट लिमिटेडले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, लघु वित्त, जलविद्युत् तथा उत्पादनमूलक कम्पनीहरूको संस्थापक सेयर खरिदविक्रीका लागि सहजीकरण सेवा प्रारम्भ गरेको छ।
यसका लागि इच्छुक लगानीकर्ताले घरमै बसी मेगा क्यापिटल मार्केट्स लिमिटेडमा फोन वा इमेल तथा मेगा क्यापिटल मार्केट्सको फेसबुकमा म्यासेन्जरमार्फत म्यासेज पठाउन सक्ने कम्पनीले जनाएको छ।
प्रकाशित: १४ माघ २०७८ ०३:३६ शुक्रबार