अर्थ

१० वर्षमा उदयपुरको जनसंख्या २५ हजार बढ्यो

उदयपुरमा गएको १० वर्षमा केही जनसंख्या वृद्धि भएको छ। सहज सेवासुविधाको नाममा सहरतिर बसाँईसराई गर्ने क्रम बढेपछि पहाडी भेगमा जनासंख्या घट्दै गए पनि समग्र जिल्लामा २५ हजार २ सय ४१ जना वृद्धि भएको छ।  

अहिले नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेका बेला उदयपुरको जनसंख्या ३ लाख ४२ हजार ७ सय ७३ पुगेको छ। जसमा महिलाको संख्या १ करोड ७७ लाख ७ सय ३९ र पुरुष १ करोड ६५ लाख ३४ रहेको छ। महिला संख्या पुरुषकोभन्दा १२ हजार ७ सय ५ जना बढी रहेको छ। जस अनुसार वार्षिक वृद्धिदर ० दशमलव ७३ प्रतिशत रहेको छ।

०७८ मा उदयपुरमा लैंगिक अनुपात ९२ः८५,औसत परिवार संख्या ४.१९ र जनघनत्व प्रति बर्गकिलोमिटर १ सय ६६ रहेको तथ्यांक कार्यालय उदयपुरले जनाएको छ। ०६८ मा उदयपुरको जनसंख्या ३ लाख १७ हजार ५ सय ३२ थियो।

उदयपुरमा सबभन्दा बढी जनसंख्या सदरमुकाम रहेको त्रियुगा नगरपालिकामा १ लाख ४ हजार ३ सय ७५ रहेको छ। त्रियुगामा घरधुरी संख्या २३ हजार १ सय ३८ पुगेको छ भने परिवार संख्या २५ हजार ९ सय २८ पुगेको छ। महिला संख्या ५४ हजार ८सय ६१ रहेको त्रियुगामा पुरुषको संख्या ४९ हजार ५ सय १४ मात्र छ।  

त्यस्तै दोस्रो ठूलो संख्या कटारी नगरपालिकामा ६० हजार १ सय ६८ रहेको छ। कटारीमा महिला संख्या ३० हजार ९ सय १८ र पुरुष २९ हजार २ सय ५० रहेको छ। कटारीमा घरधुरी संख्या १२ हजार ८ सय ४३ र परिवार संख्या १४ हजार २ सय ९६ पुगेको छ।  

अर्को नगरपालिका चौदण्डीगढीको जनसंख्या ५३ हजार ५ सय ३७ रहेको छ। घरधुरी संख्या १२ हजार १ सय ६२ रहेको चौदण्डीगढीमा पनि महिलाकै संख्या बढी रहेको छ। महिला २८ हजार १ सय ४८ रहेको नगरपालिकामा पुरुष २५ हजार ३ सय ८९ जना छन्। चौदण्डीगढीको परिवार संख्या १२ हजार १ सय ७० पुगेको छ।  

अर्को नगरपालिका बेलकामा ११ हजार ६ सय ३३ घरधुरी र १२ हजार १ सय ७० परिवार संख्या रहेको छ भने जनसंख्या ५१ हजार ४ सय ५८ पुगेको छ। जसमा महिलाको संख्या २६ हजार ८ सय २७ र पुरुष २४ हजार ६ सय ३१ जना रहेका छन्।  

गाउँपालिकातर्फ सबभन्दा बढी ज नसंख्या उदयपुरगढीमा रहेको छ। उदयपुरगढीमा घरधुरी संख्या ६ हजार ६ सय ५०, परिवार संख्या ६ हजार ८ सय १० र जनसंख्या २९ हजार ९ सय २९ पुगेको छ। जसमा महिला १४ हजार ८ सय ३६ र पुरुष १३ हजार ९३ रहेको तथ्यांक कार्यालयले जनाएको छ।

अर्को गाउँपालिका रौतामाईको जनसंख्या २० हजार ४ सय १८ रहेको छ। महिला १० हजार ४ सय १ र पुरुष १० हजार १७ जना रहेको रौतामाईमा घरधुरी संख्या ४ हजार ४ सय ३४ र परिवार संख्या ४ हजार ५ सय ८६ रहेको छ। उता पहाडी गाउँपालिका ताप्लीको जनसंख्या १३ हजार ३ सय १७ रहेको छ। २ हजार ८ सय ४३ घरधुरी संख्या रहेको ताप्लीमा २ हजार ८ सय ८४ परिवार संख्या रहेको छ भने महिला ६ हजार ७ सय २९ तथा पुरुष ६ हजार ६ सय ४८ पुगेको छ।  

लिमचुङबु्ङ गाउँपालिकाको जनसंख्या ९ हजार ७ सय ८९ छ। जसमा महिलाको संख्या ४ हजार ९ सय ५२ र पुरुष ४ हजार ८ सय ३७ रहेको छ। घरधुरी संख्या २ हजार २ सय २९ रहेको लिमचुङबुङमा परवार संख्या २ हजार २ सय ५७ रहेको छ। लिमचुङबुङमा बिगत १० वर्षको तुलनामा जनसंख्या घटेको छ।

प्रकाशित: १३ माघ २०७८ ०८:५७ बिहीबार