अर्थ

दुर्घटनामा परेका सञ्चारकर्मीलाई बिमाबापतको रकम प्रदान

नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनामा परेका सञ्चारकर्मी बुलेट खतिवडालाई बिमाबापतको रकम हस्तान्तरण गरेको छ। 

बुधबार खतिवडाकै घरमा गएर युनियन कार्यसमितिले बिमाबापतको रकम हस्तान्तरण गरेको हो । प्रेस युनियन सुनसरीका सचिव विवेक भट्टराईका अनुसार दुर्घटनाबापतको ७० हजार रूपैयाँ रकम हस्तान्तरण गरिएको हो ।

प्रकाशित: १३ माघ २०७८ ०२:३४ बिहीबार

दुर्घटनामा परेका सञ्चारकर्मी बुलेट खतिवडा रकम हस्तान्तरण