अर्थ

सुनको मूल्य बढ्योः चाँदीको स्थिर

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४ सयले बढेर ९४ हजार ४ सय पुगेको छ। पहेँलो सुन अघिल्लो दिन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय कायम भएको छ। त्यसको मूल्य मङ्गलबार प्रतितोला ९३ हजार ५ सय तोकिएको थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार ३० सय कायम भएको महासङ्घले जनाएको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४७ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित: १२ माघ २०७८ ०५:५९ बुधबार

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ