अर्थ

क्रिप्टोकरेन्सी कारोबार गर्नेलाई कारबाही हुन्छः राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, हाइपर फन्ड जस्ता अनलाइन कोषमा लगानी नगर्न आग्रह गरेको छ। आइतबार सूचना जारी गर्दै केन्द्रीय बैंकले त्यस्ता प्रलोभनमा नपर्न आग्रह गर्दै कारोबारमा संलग्न हुनेलाई कारबाही गर्ने चेतावनी समेत दिएको छ। 

छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभनले भर्चुअल क्रिप्टोकरेन्सीको कारोबार तथा प्रयोग गर्ने र त्यस्ता करेन्सी तथा हाइपर फन्ड जस्ता कोषमा लगानी गर्न पिरामिडमा आधारित नेटवर्किङमा आवद्ध हुन प्रोत्साहन गर्ने/गराउने गरेको जानकारी हुन आएकोले गम्भीर ध्यानाकर्षण भएको राष्ट्र बैंकले सूचनामा भनेको छ। 

सरकारले नीतिगत रूपले अनुमति नदिएको ठाउँमा लगानी गर्नु हुँदैन भनेर राष्ट्र बैंकले सम्झाएको छ।

प्रकाशित: १० माघ २०७८ ०२:२८ सोमबार

नेपाल राष्ट्र बैंक क्रिप्टोकरेन्सी हाइपर फन्ड