अर्थ

मौसम खराबीका कारण आन्तरिक हवाई उडान प्रभावित

बिहानको समयमा मौसममा आएको खराबीका कारण आन्तरिक हवाई उडान प्रभावित भएको छ।

काठमाडौं, पोखरा, नेपालगञ्ज, सुर्खेत र तुम्लिङटारबाहेक अन्य विमानस्थलहरु कम भिजिविलिटीका कारण बन्द रेका कारण आफ्नो उडान प्रभावित भएको बुद्ध एयरले सूचना जारी गरेको छ।

काठमाडौँको आकाशमा बिहानैदेखि बाक्लो तुवालो लागेको छ। बिहान छिटफुट वर्षासमेत भएको छ। महाशाखाले पनि वर्षा र हिमपातको सम्भावनाले चिसो थप बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रकाशित: ६ माघ २०७८ ०५:४० बिहीबार