अर्थ

प्रभावकारी बन्दै 'भेटायो'

पछिल्लो एक महिनादेखि काठमाडौं उपत्यकामा आफ्नो सेवा दिँदै आएको भेटायोले छोटो समयमै ठूलो व्यावसायिक सञ्जाल बनाउन सफल भएको दाबी गरेको छ।

भेटायोले आफ्नो सञ्चालनको पहिलो महिनामा हजारभन्दा बढी प्रयोगकर्ता र सयभन्दा बढी सेवा प्रदायक पाइसकेको जनाएको छ।

चाँडै अन्य शहरहरूमा पनि सेवा विस्तार गर्ने योजना रहेको भेटायोले घरेलु समस्या तथा व्यावसायिक समाधानका सेवाहरू जस्तै प्लम्बिङ, कीट नियन्त्रण, सवारी साधनको सफाइ, ब्युटिसियन तथा अन्य नयाँ सेवा थप्दै जाने जनाएको छ।

प्रकाशित: ६ माघ २०७८ ०३:०२ बिहीबार

व्यावसायिक सञ्जाल प्लम्बिङ भेटायो