अर्थ

दराज नेपालको प्रबन्ध निर्देशकमा आँचल

अनलाइन बजार दराज नेपालमा आँचल कुँवरलाई प्रबन्ध निर्देशक नियुक्त गरिएको छ। उनी पहिलो महिला प्रबन्ध निर्देशक हुन्। दराजका सिइओ बियार्के मिक्केलसेनले यो जानकारी दिएका हुन्।

आँचलले कार्लसन स्कुल अफ म्यानेजमेन्टबाट एमबिए, गणित र अर्थशास्त्रमा सेन्ट क्लाउड स्टेट युनिभर्सिटी मिनेसोटाबाट बिएस सकाएर १३ वर्ष युएस कर्पोरेट क्षेत्रमा काम गरेको दराजले जानकारी दिएको छ।

दराजका अनुसार यो अवधिमा उनले कार्लसन वागोनलिट ट्राभल र इ–कमर्स अग्रगामी, अमेजन जस्ता विभिन्न प्रमुख कम्पनीमा काम गरेकी छन्। उनले स्वीडेन, पोल्यान्ड, साउदी अरब र इजिप्ट जस्ता नयाँ बजारमा कम्पनी स्थापना गर्न सहयोग गरेकी छन्।    

वर्तमान एमडी लिनो अहलेरिङले सिंगापुरको दराज मुख्यालयमा क्षेत्रीय भूमिकामा सरुवा भएपछि आँचलले पदभार ग्रहण गर्नेछिन्। आँचलले नेपाली जनताका लागि विश्व–स्तरीय अनलाइन सपिङ अनुभव सिर्जना गर्ने धेरै पेशेवरहरूको समूहको नेतृत्व गर्ने यो अवसरका लागि सम्मानित महसुस गरेको बताइन्।

प्रकाशित: ५ माघ २०७८ ०६:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App