अर्थ

बंगलादेश बैंकको कामु सिइओमा पाण्डे

नेपाल बंगलादेश बैंक सञ्चालक समितिको बैठकले बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारी दिएको जानकारी गराएको छ।

बैंकिङ क्षेत्रमा २० वर्ष अनुभवी पाण्डे यसअघि राष्ट्रिय बाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा डेपुटी सिइओ पदमा कार्यरत रहेको बैंकले जनाएको छ। फेलो चार्टर्ड एकाउन्टेन्ट पाण्डेले वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन्।

प्रकाशित: ४ माघ २०७८ ००:५४ मंगलबार

बैंकिङ क्षेत्र बंगलादेश बैंक फेलो चार्टर्ड एकाउन्टेन्ट