अर्थ

कृषि विकासको क्युआर टेलर सेवा

कृषि विकास बैंक लिमिटेडको क्युआर टेलर सेवा सञ्चालनमा आएको छ। बैंकको ५५औं वार्षिकोत्सवको उपलक्ष्यमा प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले उक्त सेवाबाट कारोबार गरी यो सेवाको सुरु गरेका छन्।

बैंकको मोवाइल बैंकिङ सेवा लिएका ग्राहकले चेकबिनै सहज तथा सुरक्षित रूपमा क्युआर टेलरबाट क्युआर स्क्यान गरी आफ्नो खाताको रकम भुक्तानी लिन सक्ने बैंकले जनाएको छ।

प्रकाशित: ४ माघ २०७८ ००:३४ मंगलबार

रकम भुक्तानी कृषि विकास बैंक लिमिटेड क्युआर टेलर सेवा सञ्चालन