अर्थ

खुकुरीको ‘स्पाइस्ड रम’ बजारमा

नेपालको प्रिमियम रम ब्रान्ड ‘खुकुरी’ले नयाँ प्रडक्ट ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको छ। विगत ६० वर्षदेखि खुकुरीले ‘खुकुरी ट्रिपल एक्स) रम’ नेपाल र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको छ।

रमका पारखीले खुकुरी ट्रिपल एक्स रममा विभिन्न मसलाजन्य पदार्थको मिश्रण गरी त्यसलाई स्पाइस्ड बनाएर पिउने गरेका छन्। ग्राहकको सोही चाहनालाई ध्यानमा राखी खुकुरीले उत्कृष्ट समिश्रणबाट तयार ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको कम्पनीले जनाएको छ।

यसअघिका वर्षमा जापान र कोरियामा ‘खुकुरी स्पाइस्ड रम’ निर्यात हुने गरेको थियो। यो नयाँ स्वादको रम बजारमा उतार्नुअघि नेपालका विभिन्न क्षेत्रमा ट्रायल गरिएको थियो।

प्रकाशित: ३ माघ २०७८ ०३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App