विश्वका ५० भन्दा बढी मुलुकबाट नेपालका जुनसुकै बैंक खाता वा स्थानमा सहजै रकम पठाउन सकिने गरी एनआइसी एसिया बैंक र वल्र्ड रेमिटबीच रणनीतिक साझेदारी भइरहेकोमा अब मलेसियाबाट समेत त्यसो गर्न सकिने गरी साझेदारी भएको छ।
यसबाट मलेसियामा रहेका नेपालीले वल्र्ड रेमिटको एप तथा वेबसाइट प्रयोग गरी नेपालका कुनै पनि बैंक खातामा अनलाइनमार्फत तुरुन्त रकम पठाउन सक्ने बैंकले जनाएको छ।
यसका अलावा विदेशबाट आफूले चाहेको व्यक्तिको नाममा रेमिटेन्स पठाई देशभर छरिएर रहेका यस बैंकका १२ हजारभन्दा बढी रेमिटेन्स एजेन्टमार्फत भुक्तानी लिन सक्ने व्यवस्था समेत रहेको बैंकले जनाएको छ।
यस साझेदारीले मलेसियामा लाखौंको संख्यामा रहेका नेपालीले रकम पठाउन रेमिटेन्सको शाखासम्म पुग्ने समय बचत गर्दै आफन्तलाई तत्काल रकम पठाउन सक्ने बताइएको छ।
अमेरिका, बेलायत, अस्ट्रेलिया, पोल्यान्ड, क्यानडा, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, न्युजिल्यान्ड, नर्वे, रोमानिया, सिंगापुर लगायत विश्वका ५० भन्दा बढी देशबाट घरमै बसी सहज रूपमा रकम पठाउन सकिने बैंकले जनाएको छ।
प्रकाशित: ३ माघ २०७८ ०२:५९ सोमबार