अर्थ

गुडविल फाइनान्सको लाभांश पारित

गुडविल फाइनान्स लिमिटेडको २७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभामा कम्पनीका अध्यक्ष विश्वप्रकाश साखःले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

संस्थाले निक्षेपतर्फ गत आर्थिक वर्षको तुलनामा १८.८४ प्रतिशतले र  कर्जातर्फ १५.६८ प्रतिशतले वृद्धि गरेको सो अवसर मा जानकारी दिएको छ। सभाले गत आर्थिक वर्षको नाफाबाट ९.१ प्रतिशत बोनस सेयर  तथा ३.९ प्रतिशत नगद लाभांश गरी जम्मा १३ प्रतिशत प्रतिफल वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २ माघ २०७८ ०४:५३ आइतबार

गुडविल फाइनान्स लिमिटेड २७औं वार्षिक साधारणसभा प्रस्ताव सर्वसम्मत पारित