अर्थ

नारायणी विकास बैंकको सभा सम्पन्न

नारायणी डेभलपमेन्ट बैंकको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकका अध्यक्ष रामप्रसाद रूपाखेतीको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०७७/२०७८ को लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै आव २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र अन्य समसामयिक विषयका प्रस्ताव पारित गरेको बैंकले जनाएको छ।

त्यस्तै, आवश्यकता अनुसार उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिको लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी समेत दिने निर्णय गरिएको बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २ माघ २०७८ ०४:४५ आइतबार

बैंकको विज्ञप्ति नारायणी डेभलपमेन्ट बैंक २०औं वार्षिक साधारणसभा