अर्थ

नारायणी बैंकको सभा

नारायणी डेभलपमेन्ट बैंक लिमिटेड २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

बैंकका अध्यक्ष रामप्रसाद रूपाखेतीको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष ०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति रअन्य समसामयिक विषयका प्रस्ताव पारित गरेको बैंकले जनाएको छ।

त्यस्तै, आवश्यकता अनुसार उपयुक्त बैंक तथा वित्तिय संस्थासँग मर्जर तथा प्राप्तिको लागी आवश्यक कार्य गर्न संचालक समितिलाई अख्तियारी समेत दिने निर्णय गरिएको बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३० पुस २०७८ ०३:०३ शुक्रबार

आर्थिक वर्ष २०७७/०७८ उपयुक्त बैंक तथा वित्तिय संस्था