अर्थ

हिमालयन क्यापिटलको नयाँ योजना

हिमालयन क्यापिटल लिमिटेडले नयाँ वर्षको अवसरमा विशिष्टकृत लगानी व्यवस्थापन सेवा सार्वजनिक गरेको छ।

कम्पनीले नेप्सेमा नयाँ लगानी गर्दा प्राप्त हुनसक्ने प्रतिफलमा आधारित हिमालयन अल्फा र ग्राहकको यथास्थितिमा रहेको पोर्टफोलियोमा प्राप्त हुनसक्ने प्रतिफलमा आधारित हिमालयन सिग्मा नामक लगानी व्यवस्थापन योजना विकास गरेको  जनाएको छ।

हिमालयन अल्फा योजनामा ग्राहकको लगानीमा वार्षिक रूपमा सिर्जना गरेको प्रतिफललाई सोही अवधिमा नेप्सेले प्रदान गरेको प्रतिफलसँग तुलना गरिने जारी विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, हिमालयन सिग्मा योजनामा ग्राहकको लगानीमा वार्षिक रूपमा सिर्जना गरेको प्रतिफललाई लगानीकर्ताले सुरुमा हस्तान्तरण गरेको धितोपत्रको पोर्टफोलियोले प्रदान गरेको प्रतिफलसँग तुलना गरिने जनाइएको छ ।

प्रकाशित: २९ पुस २०७८ ०१:२३ बिहीबार

लगानीकर्ता नयाँ योजना हिमालयन क्यापिटल