अर्थ

सुनको मूल्य बढ्यो

आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको हो।

त्यसैगरी चाँदीको मूल्य पनि आज प्रतितोला पाँच रुपैयाँले बढेको छ। महासङ्घका अनुसार मूल्य बढेसँगै छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ।

तेजावी सुन तोलाको ९१ हजार ५ सय रुपैयाँ पुगेको छ। चाँदी प्रतितोला एक हजार २३५ रुपैयाँ पुगेको छ।

प्रकाशित: २८ पुस २०७८ ०७:२३ बुधबार