अर्थ

बैंकहरुले संकटको बेला पनि मुनाफा कमाउन मात्रै ध्यान दिए: अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुले संकटको समयमा पनि मुनाफा कमाउन मात्रै ध्यान दिएको आरोप लगाएका छन्।

सोमबार बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)को दोस्रो वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री शर्माले कोरोना महामारी जस्तो संकटमा समेत बैंकहरु बढी नै मुनाफा कमाउन मात्रै ध्यान दिएको बताएका हुन्।

मन्त्री शर्माले संकटको समयमा पनि बढी नै नाफा कमाउनु पर्छ भन्ने मानसिकता राख्न नहुने बताए। बैंकहरु जनताको निक्षेपमा मात्रै भर नपरी संकटको बेला सबै बच्न सक्ने उपायहरु पनि अपनाउन जरुरी रहेको बताए। उनले बैंकहरुले  संकटको समयमा पनि उद्योगी व्यवसायीहरुलाई मार पर्ने गरी ८ प्रतिशतबाट ब्याज ११ प्रतिशत पुर्‍याउन राम्रो नभएको गुनासो गरे।

नेपालमा संकटको अवस्थामा पनि बढी नाफा लिनुपर्छ भन्ने प्रवृत्ति मूख्य समस्या रहेको त्यसको अन्त्य गर्न जरुरी रहेको बताए। मन्त्री शर्माले को उद्योगी को व्यवसायी र को बैंकर छुट्याउन गाँह्रो भएको टिप्पणी गरे।

प्रकाशित: २६ पुस २०७८ १२:३६ सोमबार