अर्थ

महालक्ष्मी बैंक र ईशान अस्पतालबीच सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेडले ईशान बाल तथा महिला अस्पतालसँग सम्झौता गरेको छ।

अस्पतालका कार्यकारी निर्देशक रामनन्दनप्रसाद चौधरी र बैंकका बसुन्धरा शाखा प्रमुख विकास देवकोटाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेको बैंंकले जनाएको छ।

सम्झौताअनुसार बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले उक्त अस्पतालमा ओपिडी टिकट, ल्याब सेवा, भिडियो एक्स रे सेवा, इको, इसिजी र बेड शुल्कमा आकर्षक छुट प्राप्त गर्ने बैंकले जनाएको छ।  

प्रकाशित: २५ पुस २०७८ ००:४४ आइतबार

महालक्ष्मी विकास बैंक लिमिटेड ईशान बाल तथा महिला अस्पताल ओपिडी टिकट