अर्थ

अस्ट्रेलियन शैक्षिक मेला सम्पन्न

ग्लोबल रिसर्चको आयोजनामा अस्ट्रेलियन शैक्षिक मेला सम्पन्न भएको छ। बानेश्वरस्थित होटल एभरेस्टमा उक्त मेला सम्पन्न भएको हो। मेलामा विश्व सूचीका अग्रस्थानमा रहेका अस्ट्रेलियाका उत्कृष्ट २२ शैक्षिक संस्थाको सहभागिता रहेको बताइएको छ। नेपालस्थित अस्ट्रेलियन राजदूतले समेत मेला अवलोकन गरेका थिए।

अस्ट्रेलिया अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीले शैक्षिक मेलामा सहभागी विभिन्न युनिभर्सिटीका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गर्नुका साथै युनिभर्सिटीबारे प्रत्यक्ष छलफल गरी आफूले अध्ययन गर्न चाहेको विषयमा जानकारी लिएका छन्। मेलाको बैंकिङ पार्टनरमा नेपाल एसबिआई बैंक, लक्ष्मी बैंक, सिद्धार्थ बैंक र एनएमबी बैंक थिए भने आइएलटिएस पार्टनर ब्रिटिस काउन्सिल रहेको आयोजकले जनाएको छ।

प्रकाशित: २५ पुस २०७८ ००:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App