अर्थ

महालक्ष्मी र इजिलिंकबीच सम्झौता

महालक्ष्मी विकास बैंक र इजिलिंक रेमिट्यान्स प्रालिबीच बैंकिङ सेवासम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र इजिलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डोलप्रसाद अर्यालले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार विश्वका विभिन्न स्थानबाट नेपालभित्र बैंकिङ च्यानलमार्फत आएको रकम तथा नेपालभित्रका विभिन्न स्थानमा रकमान्तरका लागि देशैभर छरिएर रहेका बैंकका एक सय तीन शाखामार्फत सेवा प्राप्त गर्न सकिनेछ। 

हाल बैंकले २६ रेमिट कम्पनीसँग सम्झौता गरी रेमिट्यान्स सुविधा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: २३ पुस २०७८ ०३:१७ शुक्रबार

महालक्ष्मी विकास बैंक