अर्थ

वित्तीय प्रणालीमा देखिएको तरलता अभावले कामै गर्न नसक्ने अवस्था: उपाध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले पछिल्लो समय वित्तीय प्रणालीमा देखिएको तरलता अभावले उद्योगीहरुले कामै गर्न नसक्ने अवस्था सृजना भएको बताएका छन्।  

उपाध्यक्ष श्रेष्ठले वित्तिय प्रणालीमा देखिएको तरलता अभावले उद्योगी व्यवसायीहरुले कामै गर्न नसक्ने अवस्था सृजना भएको बताएका हुन्। उनले तरलता अभावका कारण उद्योगी व्यवसायीलाई बजारबाट पैसा उठाएर सामान पठाउनलाई उत्पादन लागत उच्च रुपमा बढेको बताए। श्रेष्ठले लागत खर्च बढ्दा बजारमा मूल्य वृद्धिसमेत बढ्ने गरेको बताए।

उनले अहिले बैंकहरुले विगतमा उद्यागीहरुलाई दिइरहेको कर्जा बराबरको पैसा दिन समेत नसक्ने अवस्था रहेको बताए। उपाध्यक्ष श्रेष्ठले नेपाली बैंकहरुमा २/४ अर्ब पैसा भए पनि काँहा राखौं हुँदो रहेछ भने २/४ अर्ब पैसा कम हुँदा कहाँबाट पैसा ल्यायौं हुने गरेको बताए। उनले नेपाली व्यवसायीलाई विश्वास गरेर अन्य देशबाट उधारोमा सामान पठाउने गरेता पनि भन्सारमा समस्या रहेको बताए। यसरी नेपालमा सामान आउँदा नेपालको आपूर्तिलाई समेत चलायमान र  सहज बनाउने गरेको बताए।

त्यस्तै उपाध्यक्ष श्रेष्ठले बजारमा तरलता चरम अभाव रहेको अवस्थामा राष्ट्र बैंकले व्यवसायीलाई समस्या पर्ने गरी सामान आयातमा कडाइ गरी शतप्रतिशत बैंकमा मार्जिन राख्नु पर्ने व्यवस्था गर्नु गलत भएको बताए।

श्रेष्ठले सरकारले भएको बजेट समयमा खर्च गर्न सके मात्रै लक्ष्य अनुसारको आर्थिक वृद्धिदर पुग्न सक्ने बताए। अहिलेकै स्थितिमा भने लक्ष्य हासिल गर्न नसक्ने बताए। त्यस्तै सरकारले लक्ष्य भन्दा दोब्बर राजश्व उठाउने लक्ष्य पनि पूरा नहुने श्रेष्ठले बताए।

प्रकाशित: २२ पुस २०७८ १०:४५ बिहीबार

नेपाल उद्योग वाणिज्य महासंघ