अर्थ

बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९२ हजार ८०० रुपैयाँ तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम गरिएको छ। मङ्गलबार यसको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ रहेको थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार २६० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१५ डलर आसपास कारोबार भइरहेको छ। रासस

प्रकाशित: २१ पुस २०७८ ०६:२५ बुधबार

बढ्यो सुनको मूल्य