अर्थ

सुनको मूल्यमा सामान्य वृद्धि

सुनचाँदी बजारमा साताको पहिलो कारोबारदिन आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९२ हजार ७०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ७०० रुपैयाँले उकालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँ तोकिएको छ, जसको मूल्य गत शुक्रबार प्रतितोला ९२ हजार २०० रुपैयाँ थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार २७० पुगेको महासङ्घले जनाएको छ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२९ डलर आसपास कारोबार भइरहेको छ। 

प्रकाशित: १८ पुस २०७८ ०५:५१ आइतबार

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ साताको पहिलो कारोबारदिन