अर्थ

सानिमा बैंकको योजना

सानिमा बैंकले अंग्रेजी नयाँ वर्षलाई लक्षित गरेर नेयाँ योजना सार्वजनिक गरेको छ। बैंकले सानिमा सजिलो इ–बैंकिङ नयाँ वर्ष धमाका योजना सार्वजनिक गरेको हो।

यो योजना अन्तर्गत ग्राहकले सानिमा सजिलो इ–बैंकिङमार्फत कारोबार गरी आकर्षक पुरस्कारसमेत जित्न सक्ने बताइएको छ। मोबाइल एप निर्माता एफवान सफ्टसँगको सहकार्यमा सञ्चालित यस योजनामा तीनजनाले आइफोन १३, दुईजनाले इन्डोनेसिया भ्रमण र पाँच जनाले पोखरा भ्रमणको अवसर पाउनेछन्। त्यस्तै, पहिलोपटक कारोबार गर्ने १० जनाले प्रत्येक दिन एक सय रूपैयाँ क्यास ब्याकसमेत पाउनेछन्। 

यस योजनामा सहभागी हुन बैंकको सानिमा सजिलो इ–बैंकिङ प्रयोग गरी तीन महिनामा कम्तीमा १५ वटा कारोबार गर्नुपर्नेछ।

प्रकाशित: १६ पुस २०७८ ०४:०२ शुक्रबार

सानिमा बैंक सानिमा सजिलो इ–बैंकिङ