अर्थ

वाइवाई मिसेस नेपाल वर्ल्ड शनिबार घोषणा

नेपालकै सबैभन्दा ठूलो र सफल प्रतियोगिता वाइवाई मिसेस नेपाल वर्ल्डको शनिबार विजेता घोषणा हुने भएको छ। काठमाडौंको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा हुने विवाहित महिलाको सौन्दर्य प्रतियोगिताबाट ‘वाइवाई मिसेस नेपाल वर्ल्ड–२०२१’ घोषणा गरिने आयोजकले जनाएको छ। निर्णायक टोलीको निर्णयबाट शनिबार साँझ ‘वाइवाई मिसेस नेपाल वर्ल्डको घोषणा हुने तयारी छ।

रिबन इन्टरटेनमेन्टको आयोजना तथा कि एडभरटाइजिङको मार्केटिङ सहकार्यमा हुने उक्त प्रतियोगितामा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेताको पनि घोषणा गरिनेछ। त्यसबाहेक मिसेस नेपाल वर्ल्ड फस्ट रनर्सअप, मिसेस नेपाल वर्ल्ड सेकेण्ड रनर्सअप, मिसेस नेपाल वर्ल्ड थर्ड रनर्सअप, बेस्ट स्माइल, वेस्ट हेयर, वेस्ट र्‍याम्पवाक, लेडी विथ कम्प्यासन, मस्ट इन्टलिजेन्ट, मस्ट डिसिप्लेन्ड, कन्जीनियालिटी, मस्ट फोटोजेनिक, वेस्ट पर्सनालिटी, पब्लिक च्वाइस अवार्ड, भ्यूअर्स च्वाइस, मस्ट व्युटिफल, मस्ट ट्यालेन्टेड, मिसेस टुरिजम एम्बेस्डर, मस्ट कन्फिडेन्ट, मस्ट क्रियटिभ, मिसेस बोल्ड र म्यानेजमेन्ट च्वाइस अवार्ड उपाधिमा समेत विजेता घोषणा गरिने आयोजकले जनाएको छ।

विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिका साथ अश्विनीकान्त झाको कोरियोग्राफी र सञ्चालनमा हुने कार्यक्रममा तीन दशकभन्दा लामो समयदेखि जीवन्त अभिनय र नृत्यकलाबाट लोकप्रियता कमाउँदै आएकी ख्यातिप्राप्त अभिनेत्री गौरी मल्ललाई मानार्थ एमएस नेपाल उपाधिबाट सम्मान गरिनेछ। यसअघि मिसेस नेपालको मञ्चमा रिबन इन्टरटेनमेन्टले अभिनेत्री करिश्मा मानन्धरलाई मानार्थ मिसेस नेपाल उपाधिबाट सम्मान गरेको थियो।

नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसाराण हुने वाइवाई मिसेस नेपाल वर्ल्डमा विभिन्न पेशामा आवद्ध २४ पेशाकर्मी तथा गृहिणीहरूलै अन्तिम प्रतिस्पर्धा गर्दैछन्। रिबन इन्टरटेनमेन्टले यस वर्षदेखि मिसेस नेपाल वर्ल्डको आधिकारिक फ्रेन्चाइजी प्राप्त गरेसँगै वाइवाई मिसेस नेपाल वर्ल्डको विजेतालाई आगामी २०२२ मा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता नेपालको तर्फबाट प्रतिनिधित्व गराउने रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले जानकारी दिए।

प्रकाशित: १६ पुस २०७८ ०३:०८ शुक्रबार

रिबन इन्टरटेनमेन्ट नेपाल टेलिभिजन ‘वाइवाई मिसेस नेपाल वर्ल्ड–२०२१’