अर्थ

पछिल्लो एक सातामा नेप्से ४.८६ अंकले वृद्धि

पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक ४.८६ अंकले वृद्धि भएको छ।

गत साताको बिहीबार अन्तिम कारोबारको दिन १२.५३ अंकले बढेर २ हजार ५१९.६४ विन्दुमा नेप्से परिसूचक रोकिएको थियो। सातामा चार दिन कारोबार भएको नेप्से परिसूचक दुई दिन उकालो लागेको छ भने दुई दिनै गिरावट आएको छ। यसरी चार दिन भएको कारोबारमा नेप्से परिसूचक ४.८६ अंकले वृद्धि भएर २ हजार ५२४.५० विन्दुमा पुगेर रोकिएको छ।

अघिल्लो साता १४३.४९ अंकले बढेको नेप्से परिसुचक यो साता ४.८६ अंकमा नै खुम्चिन पुगेको छ। शेयर बजारमा पछिल्लो समय निरन्तर रुपमा उतारचढाव आउन थालेको छ। एक दिन वृद्धि भए अर्को दिन गिरावट हुने प्रक्रिया चलिरहेको छ। बिहीबार तमु ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले शेयर बजार बन्द भएको थियो।

साताको पहिलो शेयर कारोबारको दिन आइतबार शेयर बजार उच्च अंकले वृद्धि भएको थियो। जुन दिन बजार ७१.२० अंकले बढेर नेप्से परिसूचक २५९१.४२ अंकमा पुगेर बजार बन्द भएको थियो। आइतबार ८६ लाख १ हजार ९ सय ५६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १७ करोड ३२ लाख ५ सय ३ रूपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

त्यस्तै, सोमबार भने आइतबारको बजार उकालो लागेको बजारले निरन्तरता पाउन सकेन। आइतबार एक दिन उच्च अंकले बढेको नेप्से सोमबारबाट पुनः गिरावट आएको थियो। सोमबार बजार ६९.७७ अंकले ओरालो लागेर परिसूचक २ हजार ५२१.६५ अंकमा पुगेर बजार बन्द भएको थियो। उक्त दिन १ करोड २ लाख ९२ हजार २२६ कित्ता सेयर ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ६७१ रुपैयाँ बराबरको कारोबार भएको थियो। साताको तेस्रो दिन मंगलबार पनि शेयर बजारमा सामान्य गिरावट आएको थियो। उक्त दिन बजार २.६६ अंकले ओरालो लागेर परिसूचक २ हजार ५१८.९९ अंकमा बजार बन्द भएको थियो।

मंगलबार शेयर कारोबार रकम घटेर ३ अर्ब १२ करोडमा सिमित भएको थियो। दुई दिन लगातार गिरावट आएको शेयर बजार मापक नेप्से परिसूचक बुधबार छिनो अंकले वृद्धि भएको थियो। बुधबार नेप्से परिसूचक  ५.५१ अंक बढेर २ हजार ५२४.५० विन्दुमा पुगेर बन्द भएको छ। बुधबार २२८ कम्पनीको ५६ लाख ३८ हजार कित्ता शेयर ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पत्तिमा पनि सामान्य वृद्धि भएको छ। गत साता २ खर्ब २ अर्ब ६ करोड रुपैयाँ सम्पत्ति बढेका लगानीकर्ताले यो साता २ अर्ब ३ करोड ४८ लाख रुपैयाँ सम्पत्ति बढेको छ। गत बिहीबार शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कुल ३५ खर्ब ४३ अर्ब ५० करोड रुपैयाँ रहेको थियो। यो साता २ अर्ब ३ करोड रुपैयाँ सम्पत्ति बढेर ३५ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ कायम भएको छ।

प्रकाशित: १५ पुस २०७८ १२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App