अर्थ

बेनेलीको प्यानेरिया १२५ इएफआई नेपालमा

 नेपाली बजारमा बेनेलीको प्रिमियम स्कुटर प्यानेरिया १२५ लन्च भएको छ। यससँगै बेनेली अब प्रिमियम स्कुटर सेगमेन्टमा प्रवेश गरेको छ।

इटालीको एक आइल्यान्डको नामबाट यो स्कुटरको नाम ‘प्यानेरिया’ राखिएको हो। प्यानेरिया १२५ इएफआई एडभान्स्ड मोडर्न फिचरले भरिएको क्लासिक लुकमा उपलब्ध नियो–रेट्रो कम्बिनेसनको स्कुटर हो। यसमा इएफआई अर्थात इलेक्ट्रोनिक फ्युल इन्जेक्सन सहितको नोबल सिंगल सिलिन्डर एयरकुल्ड १२४ सिसीको इन्जिन छ, जसले ७५०० आरपिएममा ८.५ पिएसको पावर र ६००० आरपिएममा ९.२ एनएम टर्क जेनेरेट गर्छ।

यसमा डुअल पिस्टन क्यालिपर सहितको ९० एमएम ट्राभल र १९० एमएम डिस्क ब्रेकिङ सिस्टम सहितको फ्रन्ट सस्पेन्सन छ भने टेलिस्कोपिक आयल ड्याम्पन्ड क्वाइल स्प्रिङ सहितको रियर सस्पेन्सन छ। यसमा १२ इन्च आल्मुनियम अलोय रिममा १००/९०–१२ र ११०/९०–१२ ट्युबलेस टायर छ।

यो स्कुटरमा १२ इन्चको ह्विल, लेदर फिनिस्ड गरिएको आरामदायी सिट, डुअल पिस्टन क्यालिपर सहितको फ्रन्ट डिस्क ब्रेक, किल स्विच, हजार्ड लाइट र कम्फर्टेबल एलइडी लाइट सेट लगायतका विभिन्न प्रिमियम फिचर उपलब्ध छन्। यसमा मुनलाइट रिफ्लेक्सन सहितको डिजिटल ड्यासबोर्ड र एनालग ओडोमिटरको कम्बिनेसन भएको ड्यासबोर्ड छ।

यसमा विभिन्न जानकारी सहज तरिकाले पाउन सकिन्छ। प्यानेरिया १२५ इएफआई स्कुटर ह्वाइट, ब्ल्याक, ब्लु र येल्लो गरी विभिन्न चार रंगमा उपलब्ध छ भने यसको मूल्य तीन लाख ३४ हजार नौ सय रूपैयाँ तोकिएको छ।

प्रकाशित: ११ पुस २०७८ ०३:०६ आइतबार

बेनेलीको प्रिमियम स्कुटर प्यानेरिया डुअल पिस्टन क्यालिपर इलेक्ट्रोनिक फ्युल इन्जेक्सन