अर्थ

ग्लोबल बैंकको बैंकिङ साक्षरता

ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियानअन्तर्गत एक सय ७५ भन्दा बढी डिजिटल बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

सातै प्रदेशका गाउँदेखि शहरसम्म डिजिटल बैंकिङ साक्षरता कार्यक्रम आयोजना गर्ने लक्ष्यसहित सुरु भएको अभियानले सातै प्रदेशमा एक सय ७५ भन्दा बढी डिजिटल बैंंकिङ साक्षरता कार्यक्रमहरू आयोजना गरिसकेको छ।

बैंकले प्रदेश १ मा २९, प्रदेश २ मा १७, बाग्मती प्रदेशमा २१, गण्डकी प्रदेशमा २४, लुम्बिनी प्रदेशमा ५४, कर्णाली प्रदेशमा आठ र सुदूर पश्चिम प्रदेशमा २२ वटा कार्यक्रम सञ्चालन गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ। उक्त अभियान आगामी हप्ता कर्णाली र काठमाडौं उपत्यकामा थप कार्यक्रमहरू सञ्चालन गरी समापन गरिने बैंकले जनाएको छ।

यस्ता साक्षारता कार्यक्रम आयोजना गरी बैंकले बैंकिङ सेवा कम समयमै छिटोछरितो र घरमै बसेर पनि सेवा लिन पाउने सहजताका लागि यस्ता कार्यक्रमहरू देशव्यापी अभियानको रूपमा चलाएको हो। हाल बैंकले दुई सय ८७ शाखामार्फत बैंकिङ सेवा दिँदै आएको छ।

प्रकाशित: ११ पुस २०७८ ०२:५५ आइतबार

ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल बैंकिङ सेवा देशव्यापी अभियान