अर्थ

दानाको लागत बढेको दाबी

दाना उद्योग संघले उद्योगका लागि चाहिने कच्चा पदार्थको मूल्य बढ्दा उत्पादन लागत बढेको जनाएको छ।

दाना बनाउने कच्चा पदार्थमध्ये मकै, भटमासको पिना, औषधि, कच्चा तेल तथा फिड सप्लिमेन्टहरूको अस्वाभाविक मूल्यवृद्धिबाट उत्पादन लागत बढ्न गएको संघले जनाएको हो।

दाना उद्योगको लागि आवश्यक पर्ने कच्चापदार्थ मकै, भटमासको पिनामा कृषि सुधार शुल्क थपिएको र धेरैजसो कच्चा पदार्थको मूल्य बढेकाले दानाको मूल्य बढेको दाबी गरेको छ।  

प्रकाशित: ४ पुस २०७८ ०३:१६ आइतबार

दानाको लागत अस्वाभाविक मूल्यवृद्धि दानाको मूल्य बढेको दाबी