अर्थ

टिभिएस रेडरको कार्यक्रम

टिभिएस रेडर सप्तरंग ३ अन्तर्गत नेपालगन्जमा भएको कार्यक्रममा ग्रेस एन्ड ग्लोन्ल नेपालगन्जका प्रमुख विशाल श्रेष्ठले टिभिएस रेडर अनावरण गरेका छन्।

सो अवसरमा सप्तरंग ३ का कलाकार प्रमोद खरेल, नरेश भट्टराई, निता प्रधानांग, अनिल सिंह, रामकृष्ण ढकाल, बद्रि पँगेनी, मिलन नेवार, अस्मिता अधिकारी, निशा उप्रेती र विवेक खतिवडा लगायतको उपस्थिति थियो। कलाकारले विभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए। 

प्रकाशित: ४ पुस २०७८ ०२:४६ आइतबार

टिभिएस रेडर ग्रेस एन्ड ग्लोन्ल मनोरञ्जनात्मक कार्यक्रम