अर्थ

एनएमबी लघुबित्त र केवाइसी म्यानेजमेन्टबीच सम्झौता

एनएमबी लघुवित्त वित्तीय संस्थाले डिजिटल एज नेपालसँग सम्झौता गरेको छ। आफ्नो ग्राहक पहिचानसम्बन्धी सम्पूर्ण कार्यलाई स्वचालित गर्ने उक्त सम्झौता गरेको कम्पनीले जनाएको छ।

सम्झौता पत्रमा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे र डिजिटल एज नेपालका प्रबन्ध निर्देशक दिव्येश्वरी दलीले हस्ताक्षर गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

एनएमबी बैंकको सहायक कम्पनीको रूपमा रहेको यस लघुवित्त वित्तीय संस्थाले ६८ जिल्लाका एक सय ४८ शाखा तथा उपशाखामार्फत वित्तीय सेवा दिँदै आएको छ।

प्रकाशित: २ पुस २०७८ ०३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App