अर्थ

मुक्तिनाथ बैंकको आर्थिक सहयोग

मुक्तिनाथ विकास बैंक लिमिटेडले ललितपुरको गोदावरी नगरपालिका–१ स्थित मुक्तिनाथ मन्दिर परिसरमा तापक्रम र समय देखाउने डिजिटल डिस्प्ले निर्माणको लागि १७ हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ।

साथै आर्थिक स्थिति कमजोर भएका बालबालिकामा खेलकुद प्रतिभाको विकास गर्ने उद्देश्य लिएको सरोज टेबल टेनिस फर अल क्लबलाई ४० हजार रूपैयाँ आर्थिक सहयोग गरेको बैंकले जनाएको छ।

प्रकाशित: १ पुस २०७८ ०२:३१ बिहीबार

मुक्तिनाथ बैंकको आर्थिक सहयोग डिजिटल डिस्प्ले निर्माण आर्थिक स्थिति कमजोर