अर्थ

वर्ल्डलिंकको उच्च गतिको इन्टरनेट

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले नेपालमै पहिलो पटक ६०० एमबिपिएस गतिको इन्टरनेट भित्र्याएको छ।

सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट सेवा दिन उक्त प्याकेज ल्याएको कम्पनीले जनाएको छ। यसमा नोकिया बेकन ३.० राउटर  प्रयोग हुनेछ। योसँगै  वर्ल्डलिंकको इन्टरनेट स्पिड अब कम्तीमा १५० एमबिपिएस हुने कम्पनीले जनाएको छ। उपभोत्ताले पहिलेभन्दा सस्तो मूल्यमा उक्त सेवा लिन सक्नेछन्।

घरायसी प्रयोगकर्ताले अब मासिक १२ सय रूपैयाँमा यो सेवा लिन सक्नेछन्। साथै, १५० एमबिपिएस सहित २२५ एमबिपिएस र  तीन सय एमबिपिएस गतिको इन्टरनेट पनि पहिलाभन्दा सस्तो मूल्यमा पाइने कम्पनीको दाबी छ।

साथै, कम्पनीले आठ हजारभन्दा अग्ला विश्वका १४ हिमाल सात महिनामा आरोहण गरी  विश्व कीर्तिमान कायम गरेका निर्मल पुर्जा (निम्स दाई)लाई आफ्नो सद्भावना दूतमा नियुक्त गरेको छ। हाल अन्टार्टिका आरोहणको तयारी गरिरहेका छन्।

प्रकाशित: १ पुस २०७८ ०१:०३ बिहीबार

विश्व कीर्तिमान वर्ल्डलिंक कम्युनिकेसन १५० एमबिपिएस