अर्थ

महालक्ष्मी बैंकको स्वास्थ्य शिविर

महालक्ष्मी विकास बैंकको सुकेधारा शाखाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित उक्त शिविरमा कोभिड एन्टिजेन, रक्तचाप र सुगरलगायत रोगको निःशुल्क परीक्षण गरिएको बैंकले जनाएको छ। 

स्वास्थ्य शिविरबाट एक सय बढी नागरिक लाभान्वित भएको बैंकको विज्ञप्तिमा उल्लेख छ। हाल बैंकले एक सय तीन शाखामार्फत बैंकिङ सेवा दिँदै आएको छ।

प्रकाशित: २९ मंसिर २०७८ ०१:४७ बुधबार

महालक्ष्मी विकास बैंक कोभिड एन्टिजेन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन