अर्थ

खल्तीमा वर्ल्डलिंकको लगानी

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले खल्ती डिजिटल वालेटमा लगानी गरेको छ।डिजिटल वालेट खल्तीमा वर्ल्डलिंकको ४० प्रतिशत स्वपुँजी स्वामित्व रहने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। 

नेपालको ७७ वटै जिल्लामा इन्टरनेट सेवामार्फत सुविधा पुर्‍याइरहेको वर्ल्डलिंकले दुर्गम र ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्‍याउने लक्ष्यसहित खल्तीमा लगानी गरेको जनाएको छ।

खल्तीले नेपालमा वित्तीय पहुँच र वित्तीय समावेशिताको लागि पनि काम गरिरहेको छ। वर्ल्डलिंक र खल्तीको यो साझेदारीले सहरी सहित ग्रामीण क्षेत्रमा पनि वित्तीय पहुँच पुर्‍याउन सहयोग पुग्ने विश्वास छ। २५ वर्षअघि स्थापना भएको वर्ल्डलिंकले पछिल्ला वर्ष नेपालका ग्रामीण क्षेत्रमा सेवा विस्तार गरी दुर्गम क्षेत्रलाई पनि इन्टरनेट कनेक्टिभिटीमा जोडिरहेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २७ मंसिर २०७८ ०१:२९ सोमबार

खल्तीमा वर्ल्डलिंकको लगानी वित्तीय पहुँच वित्तीय पहुँच र वित्तीय समावेशिता