अर्थ

एनसिसी बैंकद्वारा रक्तदान कार्यक्रम

एनसिसी बैंक लिमिटेडले २५औं वार्षिकोत्सव अवसरमा देशभरका ९ शाखामा रक्तदान कार्यक्रम गरेको छ।

कार्यक्रमबाट पाँच सय ७१ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ। सो अवसरमा १६८ पटक रक्तदान गरिसकेका काठमाडौं बागबजारका प्रेमसागर कर्माचार्यलाई बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले सम्मान तथा कदरप्रत्र प्रदान गरेका छन्।

प्रकाशित: २६ मंसिर २०७८ ०१:२१ आइतबार

एनसिसी बैंक लिमिटेड २५औं वार्षिकोत्सव बागबजारका प्रेमसागर कर्माचार्य